animated-nepal-flag-image-0007

Welcome to the official website of Rangeli Municipality

रंगेली नगरपालिकाको परिचय

 

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निणर्यानुसार रंगेली ,आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३/११/२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा.वि.सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।

मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पालिका,बेलबारी नगरपालिका र दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डरसँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने १११.७८ वर्ग कि.मि .रहेको छ ।

 समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ ।

यस नगरमा करिव ५२,०१३ जनसंख्या मध्ये ५१.९० प्रतिशत महिला र ४८.१० प्रतिशत पुरुष सहित ज्ञज्ञद्दद्धढ घरपरिवार रहेको पाइन्छ ।

 अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो शहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ ।  रंगेली बजार हुलाकी मार्ग(विराटनगर देखि आमवारी हुँदै गौरीगञ्ज झापा सम्म र कानेपोखरी देखि दर्बेशा बजार हुँदै रंगेलीको चोप्राहा देखि भारतीय बोर्डर सम्म भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ ।

सनसारी माईथान ,काली मन्दिर , तिरुपति पार्क निर्माणमा नगरपालिका र स्थानीय स्तरमा भएको प्रयासले रंगेली नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ ।

 

१. साविक रंगेली नगरपालिका स्थापना मिति ः– २०७१ बैशाख २५ गते ।

रंगेली नगरपालिका (पुर्नसंरचना पश्चात) स्थापना मिति ः२०७३ साल फाल्गुन  २७ गते ।                                                         

२. भौगोलिक अवस्थिति ः२६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी  देशान्तर ।                                  

३. क्षेत्रफल                    ः–  १११.७८ वर्ग किलोमिटर

४. उचाई                      ः–    ११६ मिटर देखी १६४ मिटरसम्म

५. स्वास्थ्य विवरण         ः–    रंगेली सरकारी अस्पताल–१, स्वास्थ्य      चौकी – ३, निजी–२   ।

६. सामुदायिक वन          ः–    सृजना सामुदायिक वन, सुनझोडा सामुदायिक वन, सालबारी सामूदायिक वन, बेतिनी सामुदायिक वन ।

७. बाल विकास केन्द्र        ः–  १६ वटा

८. शैक्षिक संस्था              ः– सामुदायिकतर्प

  •    जनता क्याम्पस रंगेली, पब्लिक उ.मा.वि.
  • रत्न उ.मा.वि., जनप्रिय मा.वि.                                       
  • त्रिभुवन मा.वि., प्रगतिशील मा.वि. 
  • गणेश मा.वि., महालक्ष्मी.मा.वि.
  • शान्ति नि.मा.वि.
  • सरस्वती नि.मा.वि.
  • बहादुर बाबा चौधरी आ.वि.
  • राजघाट आ.वि.
  •  शान्तिक्षेत्र आ.वि., प्रभात आ.वि.
  •  महाराज आ.वि.
  • अरनिको मा.वि.
  •  सार्वजनिक मा.वि. ।

९. सिमाना           

  •      पूर्वमा सोनबर्षी र रतुवामाई नगरपालिका   
  •      पश्चिममा धनपालथान कटहरी र ग्रामथान गाउंपालिका
  •      उत्तरमा बेलवारी नगरपालिका र कानेपोखरी गाउँपालिका
  •      दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डर

१०. हावापानीः  उष्ण मौसमी हावापानी पाईने

११. राजनीतिक÷प्रशानिक विभाजनको अवस्था ः–

प्रदेश                          –  प्रदेश नं. १

 जिल्ला                       –   मोरङ

 जम्मा वडा संख्या         –   ९

१२.  कूल जनसंख्या       –   ५२०१३(२०६८ को जनगणनाबाट)

क) महिला                   –   २६९९४

ख) पुरुष                     –    २५०१९

१३.  कूल घरधुरी संख्या  –   ११२४९