FAQs Complain Problems

Scrolling News

Photo Gallery

रंगेलीमा प्रमुख प्रशासकिय अधिकृत र लेखा प्रमुखको स्वागत 

रंगेली । रंगेली नगरपालीकामा नव सरुवा भई आउनु भएको प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखा प्रमुखलाई बुधवार एकै पटक स्वागत गरिएको छ । 

करिव १ महिना देखी प्रशासकिय अधिकृत विहिन अवस्थामा रहेको रंगेली नगरपालिकामा बुधवार देखी टोम प्रसाद सुवेदीले प्रमखु प्रशासकिय अधिकृत र लेखा प्रमुखमा रुपा सुनुवारले जिम्मेवारी शुुरु गर्नुभएको छ । 

प्रमुुख प्रशासकिय अधिकृत सुवेदी र लेखा प्रमुख  सुनवारलाई कार्यपालीका बैठक सहित रंगेली नगरपालिका मेयर दिलिप वगडीया, उप मेयर केशव कुमारी खरालले अविरमाला सहित स्वागत गर्नुभएको थियो

सूचना ।।।   सूचना ।।।    सूचना ।।।

नेपालीहरुको महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७५ को सुखद अवसरमा रंगेली नगरपालिका तथा स्वदेश एवंम विदेशम रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।  

रंगेली नगरपालिका परिवार

यस रंगेली नगरपालिकामा विगत १.५ बर्ष देखि कार्यरत प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मी प्रसाद रेगमी ज्यू सरुवा भई बिदाई र नयाँ वहाल हुनुभएको प्रमुख प्रशासकिय अधिकृत श्री सुरेन्द्र थापा मगर ज्यूको स्वागत कार्यक्रमका केखि झलकहरु

, ,

एकिकृत सम्पती कर अभिमुखिकरण कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियो ।

२०७५ श्रावण १ देखि एकिकृत सम्पती कर लागू गर्ने अभियान अन्तर्गत रंगेली नगरपालिमा जेष्ठ ६ गते देखि ८ गते सम्म वडा अध्यक्षक लगायत कार्यपालिका सदस्यहरुलाई र क्रमचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियो ।

उक्त तालिममा हालको अवस्था (२०७५ असार मसान्त सम्म ) लाग्ने मालपोत र घर जग्गा कर अबैज्ञानिक कर प्रणाली रहेको र २०७५ श्रावण १ देखि लागू हुने एकीकृत सम्पती कर बैज्ञानिक र समय सापेक्ष कर प्रणाली हुनेछ भनी जि. स. स का प्रमुख नरेश पोख्रेल ज्युले भनुभयो र सो तालिममा प्रमुख प्रशिक्षक डम्बर रोगो ज्यूले सहजीकरण गर्नु भएको थियो |

सो तालिममा  एकिकृत सम्पती कर को उदेश्य छर्लंग संग बुझियो भनि सहभागीहरु भन्नुभयो |  

स्थानीय सरकार संचालन ऐन लागु हुनुपूव स्थानीय स्वायत्त शासन ऐनले दिएको अधिकार अनुसार नगरपालिकाहरुल एकीकृत सम्पत्ति कर वा घरजग्गा करमध्य एउटा कर छनोट गरी लागु गन सक्न र एकीकृत सम्पत्ति कर लागु भएको अवस्थामा सा नगरपालिकामा मालपोत नलाग्न ब्यवस्था थियो । यो व्यबस्था स्थानीय सरकार सचालन ऐनका हालको ब्यवस्थासंग मेल खान्छ । यस कानूनी ब्यवस्था अनुसार पुराना ५८ मध्य काठमाण्डौं उपत्यका भित्रका र तराइ क्षेत्रका केही नगरपालिका वाहेक अधिकांस नगरपालिकाहरुल एकीकृत सम्पत्ति कर लागु गरेको थिए । नयाँ नगरपालिका गठन पश्चात कायम भएका
२१७ नगरपालिकाहरु मध्य करिव ५० भन्दा बढी नगरपालिकाल यो कर प्रारम्भ गरिसकेका छन । हालका
स्थानीय सरकार संचालन ऐनले गाँउपालिकाहरुले समेत एकीकृत सम्पत्ति कर लिन सक्न ब्यवस्था गरकोल यसको दायरा बढेकोछ । घरजग्गा कर विगतमा केही नगरपालिकाहरुले लाग गरेका थिए । घरजग्गा करमा शहरी क्षेत्रको घर र सो को लगापात भित्रको जग्गाका मूल्यांकन गरी कर लिन र सव जग्गामा मापपोत वा भुमिकर पनि लाग्न ब्यवस्था रहेको थियो ।

नेपालका संविधानल स्थानीय तहलाइ प्रदान गरेका राजस्व अधिकारहरुमध्य सम्पत्ति कर, भूमिकर
(मालपोत) र मालपोत असुली एकल अधिकारका सूचीमा रहेको छ । सोही ब्यवस्थाको आधारमा स्थानीय
सरकार संचालन ऐन, २०७४ मा स्थानीय तहहरुले आफना अधिकार क्षेत्रभित्र एकीकृत सम्पत्ति कर र
घरजग्गा कर लगाउन सक्न ब्यवस्था भएता पनि २०७५ श्रावण १ गते देखि एकीकृत सम्पत्ति करमात्र लगाउन सक्न ब्यवस्था गरिएको छ । सोही ऐनले एकीकत सम्पत्ति कर भन्नाले स्थानीय तहको क्षेत्र भित्रका कुन व्यक्तिका स्वामित्वमा रहेको सम्पुर्ण घर र जग्गाको एकीकृत रुपमा हिसाव गरी लगाईन
सम्पत्ति करलाइ जनाउछ भनि ब्याख्या गर्नुको साथ एकीकृत सम्पत्ति कर लगाएको अवस्थामा भूमिकर
(मालपोत) नलगाउन ब्यवस्था गरेको छ । यस व्यबस्था अनुरुप स्थानीय तहले एकीकृत सम्पत्ति कर वा भूमिकर (मालपोत) मध्य कुन एक मात्र लगाउन सक्न ब्यवस्था भइ २०७५ श्रावण १ गते देखि घरजग्गा कर लगाउन नपाउन अवस्था सिर्जना भएका छ , भनि प्रशिक्षक डम्बर रोगो र सरोज गौतम ज्युले जानकारी दिनुभयो |

 

, ,

Pages