FAQs Complain Problems

Blogs

रंगेली नगरपालिकाको परिचय

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निणर्यानुसार रंगेली ,आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३/११/२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा.वि.सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पालिका,बेलबारी नगरपालिका र दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डरसँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने १११.७८ वर्ग कि.मि .रहेको छ ।

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निणर्यानुसार रंगेली ,आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३/११/२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा.वि.सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पालिका,बेलबारी नगरपालिका र दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डरसँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने १११.७८ वर्ग कि.मि .रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ ।यस नगरमा करिव ५७,४९४ जनसंख्या मध्ये ५१.३ प्रतिशत महिला र ४८.७ प्रतिशत पुरुष सहित १३२०६ घरपरिवार रहेको पाइन्छ ।

 अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो शहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ ।  रंगेली बजार हुलाकी मार्ग(विराटनगर देखि आमवारी हुँदै गौरीगञ्ज झापा सम्म र कानेपोखरी देखि दर्बेशा बजार हुँदै रंगेलीको चोप्राहा देखि भारतीय बोर्डर सम्म भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ ।

सनसारी माईथान ,काली मन्दिर , तिरुपति पार्क निर्माणमा नगरपालिका र स्थानीय स्तरमा भएको प्रयासले रंगेली नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ ।

१. साविक रंगेली नगरपालिका स्थापना मिति  – २०७१ बैशाख २५ गते ।

रंगेली नगरपालिका (पुर्नसंरचना पश्चात) स्थापना मिति - २०७३ साल फाल्गुन  २७ गते ।                                                         

२. भौगोलिक अवस्थिति  २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी  देशान्तर ।                                  

३. क्षेत्रफल                          –  १११.७८ वर्ग किलोमिटर

४. उचाई                           –    ११६ मिटर देखी १६४ मिटरसम्म

५. स्वास्थ्य विवरण               –    रंगेली सरकारी अस्पताल–१, स्वास्थ्य  चौकी – ३, निजी–२   ।

६. सामुदायिक वन              -    सृजना सामुदायिक वन, सुनझोडा सामुदायिक वन, सालबारी सामूदायिक वन, बेतिनी सामुदायिक वन ।

७. सिमाना           

  •      पूर्वमा सोनबर्षी र रतुवामाई नगरपालिका   
  •      पश्चिममा धनपालथान कटहरी र ग्रामथान गाउंपालिका
  •      उत्तरमा बेलवारी नगरपालिका र कानेपोखरी गाउँपालिका
  •      दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डर

 

 

 

रंगेली न.पा मा कार्यरत कर्मचारीको  सम्पर्क नम्बर र कार्य विवरण हर्ने यहाँ Click गर्नुहोस ।

 

नगर प्रोफाईल Digital Profile का लागि यहाClick गर्नुहोस ।