FAQs Complain Problems

लेखापरीक्षणका लागि निवेदन आव्हान गरिएको सम्वन्धमा

उपर्युक्त सम्बन्धमा यस रंगेली नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुको आ व २०७४।०७५ सम्मको लेखा परीक्षण गर्नुपर्ने भएकोले लेखा परीक्षण गर्नको लागि इच्छुक फर्म वा व्यवसायीहरुले तपसिलका कागजात सहित यही मंसिर २५ गते सम्ममा यस रंगेली नगरपालिकाको शिक्षा शाखामा निवेदन पेश गर्न अनुरोध छ ।

तपसिल

१ ) आ व २०७४।०७५ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी थान १

२ ) लेखा व्यवसायी फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी थान १

३ ) लेखा व्यवसायी फर्मको नवीकरण निस्साको प्रतिलिपी थान १

४)  स्थायी लेखा नम्वर प्रमाण पत्रको प्रतिलिपी थान १

५ ) आ व २०७५।०७६ को लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा सूचिकृत भएको प्रमाण पत्रको प्रतिलिपी थान १