Scrolling News
लेखापरीक्षणका लागि निवेदन आव्हान सम्बन्धमा
सूचना
विषय :÷ लेखापरीक्षणका लागि निवेदन आव्हान गरिएको वारे ।
उपर्युक्त सम्बन्धमा यस रंगेली नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुको आ. व. २०७५।०७६ को लेखापरीक्षण गर्नुपर्ने भएकोले लेखा परीक्षण गर्नको लागि इच्छुक फर्म वा व्यवसायीहरुले तपसिलका कागजात सहित मिति २०७६।०८।०५ गते सम्ममा यस रंगेली नगरपालिकाको शिक्षा शाखामा निवेदन पेश गर्न अनुरोध छ ।
तपसिल
१ आ. व. २०७५।०७६ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी थान १
२ लेखा व्यवसायी फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी थान १
३ लेखा व्यवसायी फर्मको नवीकरण निस्साको प्रतिलिपी थान १
४ स्थायी लेखा नम्वर प्रमाण पत्रको प्रतिलिपी थान १
५ आ व २०७६।०७७ को लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा सूचिकृत भएको प्रमाण पत्रको प्रतिलिपी थान १
टोमप्रसाद सुवेदी
प्रमुख प्रशासकीय अधिकृत