माननीय सांसद श्री शिव कुमार मण्डलज्यूको प्रमुख आतिथ्यतामा मोरङ जिल्ला स्थित रंगेली नगरपालिकालाई “खुल्ला दिशा मुक्त क्षेत्र (Open Defecation Free or ODF) ” घोषणा गरियो।
२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रंगेली न.पा द्वारा रंगेली अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरी न.पा मा जेष्ठ नागरिक सम्मान कार्यक्रम तथा सुगर, प्रेशर चेक गरी जेष्ठ नागरिकहरुको अधिकार तथा सुरक्षाको प्रत्याभुति सम्बन्धि छलफलका साथै अल्जाइमर सम्बन्धि चेतनातमक कार्यक्रम सम्पन्न गरियो ।
यस रंगेली नगरपालिकामा विगत १.५ बर्ष देखि कार्यरत प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मी प्रसाद रेगमी ज्यू सरुवा भई बिदाई र नयाँ बाहाल हुनुभएको प्रमुख प्रशासकिय अधिकृत श्री सुरेन्द्र थापा मगर ज्यूको स्वागत कार्यक्रमका केखि झलकहरु